नेपालमा २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

२३ पुष २०७८, शुक्रबार १३:५५

काठमाडौं । नेपालमा आज २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको २४ वटा नमुनामा २४ जनामा नै ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

पुस महिनामा कोरोना संक्रमित १ हजार १४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एन जिन नेगेटिभ गरिएकामा २४ वटामा जिन सिक्वेन्सिङ गरिएकोमा सबै जनामा ओकिक्रोन संक्रमण पुष्टि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*