तीन लघुवित्तको साधारण सभा भोलि बस्ने, यस्ता छन् एजेण्डा

२३ पुष २०७८, शुक्रबार १३:४६

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (पुस २४ गते) का बस्दैछ । विजय लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा शनिबार बस्न लागेको हो ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा भोलि (पुस २४ गते) गैडाकोट रिसोर्ट गैडाकोट ५ नवलपरासीमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट २० दशमलव ०३ प्रतिशत बोनश शेयर र १ दशमलव ०६ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, सोही आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवतरण माथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । त्यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ४ जना निर्वाचन गर्ने समेत कार्य सूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १२ गतेदेखी पुस २४ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भागल लिन पाउनेछन् ।

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तेह्रौं वार्षिक साधारण सभा भोलि (पुस २४ गते) बिहान १० बजे आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी ३ तनहुँमा बस्नेगरी आव्हान गरेको छ ।

सभाले २५ दशमलव २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातत मिलान गर्दा नपुग भएको सर्वसाधारणको तर्फबाट ७ लाख ५१ हजार ७१२ कित्ता आएपिओ निष्कासा गर्र्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गरको हुदाँ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

महुली लघुवित्त वित्तीय संस्था

महुली लघुवित्त वित्तीय संस्था संस्थाको वार्षिक साधारण सभा भोलि (पुस २४ गते) कम्पनीको केन्द्रिय कार्यालय अग्रीसाइर कृष्णासरवरण ६ महुली सप्तरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूचि सभामा रहेको हो ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*