नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्विरोध निर्वाचित, अशोक खड्का महासचिव, अन्य पदाधिकारीमा को को ?

२३ पुष २०७८, शुक्रबार १३:००

काठमाडौं ।  निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बीमक संघको दुई आर्थिक बर्ष (१९ औं र २०औं) को साधारणसभाले नयाँ नेत्तृव चयन गरेको छ। आज सम्पन्न भएको साधारण सभाले चंकी क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।

सभाले उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । बीमक संघको सदस्यमा प्रभु इन्स्योरेन्सका संचित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सिईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सिईओ कुमार बहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद बालचन्द्र घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संघठन नेपाल बीमक संघका पदाधिकारीहरुले सबैको नाम आपसी सहमतिमा तय गरेका हुन् ।आजको सभाले कोरोना बीमामा अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व सम्बन्धी प्रस्ताव समेत सभामा अगाडि बढाउने वा नबढाउने भन्ने प्रस्तावलाई पनि अन्तिम निर्णय दिने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*