बैंक अफ काडमाण्डूका ग्राहकलाई सेरेन हस्पिटालिटीमा बिशेष छुट

२३ पुष २०७८, शुक्रबार १२:५०

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रालिबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले हस्पिटालिटीले दिने सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट दिने भएको हो । सेरेन हस्पिटालिटी सर्भिसेज प्रालिले काठमाडौंबाट सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*