तीन कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

२३ पुष २०७८, शुक्रबार ०९:५२

काठमाडौं । तीन ओटा कम्पनीको वार्षिक साधारण सभा आज (पुस २३ गते) बस्दैछ । चिलिमे जलविद्युत कम्पनी लिमिटेड, छिमेकी लघुवित्त वित्तीय संस्था र याक एण्ड यती होटल लिमिटेड यी तीनै कम्पनीको साधारण सभा आज हुन लागेको हो ।

चिलिमे जलविद्युत कम्पनी

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभाको आज (पुस २३ गते) स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स धुम्वाराही काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशतत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

छिमेकी लघुवित्त वित्तीय संस्था
छिमेकी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज (पुस २३ गते) बिहान ११ बजे मकवानपुर स्थित होटल सामना प्रालिको सभाहलमा बस्दैछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ दशमलव बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्नेछन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते देखि पुस २३ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

याक एण्ड यती होटल
याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा आज (पुस २३ गते) कम्पनीको रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा बस्दैछ ।

उक्त सभाले सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने चालु आर्थिक वर्षको लागिको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*