बीमा अभिकर्तालाई कर्जा वितरणमा रोक

२२ पुष २०७८, बिहीबार १५:०५

काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै जीवन बीमा कम्पनीलाई अभिकर्ता कर्जा वितरणमा रोक लगाएको छ । समितिले उक्त निर्देशिका संसोधन गर्दै यस्तो निर्देशन दिएको हो ।

अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक हुने भएकाले उक्त व्यवस्था हटाउन खाजेको समितिले उल्लेख गरेको छ ।साथै बीमितलाई कर्जा दिन बाहेक कुनै किसिमको कर्जा दिन नपाउने व्यवस्था गरेको छ ।

तर, कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए बमोजिम कम्पनीले आफ्नो कर्मचारीलाई सापटी कर्जा दिन सक्ने संसोधित निर्देशिकामा उल्लेख छ।जीवन बीमा कम्पनीहरुले टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई पचास लाख रुपैयाँसम्म बिना धितो कर्जा रकम उपलब्ध गराउँदै थियो ।

यो व्यवस्थालाई समितिले रोकेको हो ।यसअघि केही उच्च कारोबार गर्ने कम्पनीहरुले बीमा अभिकर्तालाई विनाधितो अर्बौं रुपैयाँ कर्जा प्रवाह गरेको फेला पारेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*