दिनप्रति दिन कोरोना संक्रमित थपिदै, थप ५४० जनामा संक्रमण पुष्टि

२२ पुष २०७८, बिहीबार १७:३८

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रति दिन थपिदै गइरहेका छन् । यो साताको पहिलो दिन आइ{तबार २१६ जनामा संक्रमण देखिएको थियो भने बिहिबारसम्म आउदा संक्रतिमको संख्या दोब्बरले वृद्धि भइरहेको हो ।

भारतमा पनि पछिल्लो २४ घण्टामा ९० जना भन्दा बढी जनामा संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ७ हजार २०९ जनामा पीसीआर परीक्षण गर्दा ४७८ जनामा र ४ हजार ८९० जनामा एन्टिजेन परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र करिब ६० प्रतिशत वा ३१० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, बिहिबार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने २७१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ४३१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*