कर्मचारी र संचालकको जीवन बीमा गर्न पाउने सिमा दोब्बरले वृद्धि

२२ पुष २०७८, बिहीबार १६:२९

काठमाडौं । बीमा समितिले बीमा कम्पनीमा आवद्ध संचालक र कर्मचारीहरुको जीवन बीमा गर्न पाउने सिमालाई बढाएको छ । बीमा समितिले आज एक निर्देशिका जारी गर्दै जीवन बीमकको संचालक वा कर्मचारीले जीवन बीमा गर्न पाउने बीमांकको सीमालाई दुई गुणा बढाएको हो ।

जीवन बीमकले न संचालक वा कर्मचारीले आफू कार्यरत जीवन बीमा कम्पनीमा बढीमा ५० लाख रुपैयाँसम्मको जीवन बीमा गर्न पाउने भएका छन् । यसअघि संस्थागत सुशासन निर्देशिका २०७५ ले बढीमा २५ लाख रुपैयाँ सम्मको बीमांकको मात्र जीवन बीमा गर्न पाउने प्रावधान तोकेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*