एनएमबि बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

२२ पुष २०७८, बिहीबार १६:१९

काठमाडौं । एनएमबि बैंकको २६औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेलमा सम्पन्न भएको छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १२ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साथै उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरण लगायतका वार्षिक वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*