बीमा कम्पनीहरुले तीन महिनाभन्दा बढी सिईओ पद रिक्त राख्न नपाईने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन

२२ पुष २०७८, बिहीबार १५:००

काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गरेको छ । उक्त निर्देशिका बीमा कम्पनीमा तीन महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न नपाईने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गर्दै बीमकमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्त गरिसक्न निर्देशन दिएको हो ।

पद रिक्त भएको लामो समयसम्म नयाँ नियुक्ति हुन नसक्दा बीमकको व्यवस्थापन तथा संचालनमा असर पर्ने भएकाले यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका यसअघिका प्रमुख कार्यकारी अधिकृत वीर कृष्ण महर्जनले कुलिङ पिरियड छल्दै नेपाल इन्स्योरेन्स कम्पनीको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनि ६ महिनाको कुलिङ पिरियडको व्यवस्था छल्न नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली पनि नेपाल लाइफको डिसिइओ हुँदै सिईओमा नियुक्त गर्ने कुरा अघि बढेको थियो ।कुलिङ पिरियड छल्ने यस प्रावधानलाई पनि बीमा समितिले बाटो बन्द गरिदिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*