३ कम्पनीमा लाग्यो सकारात्मक सर्किट, अन्य क–कसले कमाए ?

२२ पुष २०७८, बिहीबार १५:१८

काठमाडौं । पूँजीबजार आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ माथिकोे कारोबार भएको छ ।

नेप्से आज ४३ अकंले बढ्दा ३ कम्पनीको शेयरमा सर्किट लागेको छ । नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्यभोटेकोशि जलविद्युत कम्पनीको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ६.७४ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनीको ६.५८ प्रतिशत, स्वरोजगार लघुवित्त विकास बैकको ५.८८ प्रतिशत, सेञ्चुरी कर्मिसियल बैंकको ५.४९ प्रतिशत र एनआइसी एशिया बैंकको ५.४१ प्रतिशतले बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*