अपि पावर सहित यी हुन् बिहिबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२२ पुष २०७८, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्समा सूचिकृत २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच हँुदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३९४ रुपैयाँको कारोबा भएको छ ।

अघिल्लो दिन गिरावट आएको नेप्सेमा आज पुनः हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३ अंकले बढेर ३ अर्बमाथिको कारोबार हुन पुगेको छ ।

सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रहेको छ । कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६६८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको १४ करोड ५२ लाख, नेशनल माइक्रोफाइनान्स लघुवित्तको १० करोड, गरिमा विकास बैंकको ९ करोड ३३ लाख र हिमालयन डिस्टिलरीको ८ करोड ७७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*