युनाइटेड इन्स्योरेन्सका दुई संचालकको कार्यावधि थप
२२ पुष २०७८, बिहीबार १४:४५
काठमाडौं । युनाईटेड इन्स्योन्स कम्पनी लिमिटेडका संचालकहरुको कार्यावधि थप गरिएको छ ।
कम्पनीको संचालक समितिको ३६३ औं बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विलसनमान रंजित र निरज तुलाधारको पुष २६ गते हुने साधारण सभा सम्मका लागि कार्यकाल थप गरिएको हो ।