११ लाख कित्ता आइपीओ निष्कासनका लागि एशियन हाइड्रोपावरले दियो बोर्डमा आवेदन

२२ पुष २०७८, बिहीबार १२:५४

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्नेका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । एशियनले निवेदन दिएसँगै बोर्डमा आइपीओ निष्कासनका लागि आवेदन दिए कम्पनी २९ पुगेका छन् ।

कम्पनीले पुस ११ गते ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । बोर्ड बाट कम्पनीले स्वीकृति पाएमा पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र दोस्रो चरणमा सार्वसाधारणमा आइपीओ निष्कासन गर्नेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकका रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*