सुन तोलामा ५ सय रुपैयाँले घट्यो

२२ पुष २०७८, बिहीबार १२:४६

काठमाडौं । नेपाली बजारमा आज सुनमा उतावचडाब भइरहेको छ । सुन मंगलबार ९ सय रुपैयाँले घटेको थियो भने बुधबार ६ सय रुपैयाँ वृद्धि भएको थियो । आज भने सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*