एलआइसी नेपालको ‘बाल समृद्धि’ बीमा योजना बीमा समितिबाट स्वीकृत, यस्ता छन् सुविधाहरु

२२ पुष २०७८, बिहीबार ११:३८

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)को नयाँ बीमा योजनालाई बीमा समितिले स्वीकृती दिएको छ। कम्पनीले बालबालिकाहरुलाई लक्षित गरेर ल्याएको ‘बाल समृद्धि’ नामक बीमा योजनालाई बीमा समितिले स्वीकृत दिएको हो ।

आगामी साता कम्पनीले यो बीमा योजनालाई बजारमा ल्याउने भएको छ। योजानामा बालबालिका १६ वर्ष हुँदासम्म बुझाएको बीमा शुल्कले बालबालिका १६ वर्ष पुगे पछिको १६, १७, १८, १९ र २०औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशतको दरले अग्रिम रुपमा रकम भुक्तानी धन फिर्ता पनि गर्ने सुविधाहरु छन् ।

त्यसैगरी, योजनाले बालबालिका १६ वर्ष हुँदासम्म जोखिम बहन गर्ने र दुर्घनावश कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ–ज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*