शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्या ?

२२ पुष २०७८, बिहीबार १२:४२

काठमाडौं । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको छ । बैंके एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले केन्द्रीय कार्यालय बुटवल र बाहिरका ब्रान्चहरुका लागि कर्मचारी माग गरेको हो । बैंकले केन्द्रीय कार्यालयका लागि लिगल डिपार्टमेन्ट, इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्ट, क्रेडिट रिस्क डिपार्टमेन्ट, अपरेशन डिपार्टमेन्ट, म्यानेजमेन्ट ट्रेइनी र रिलेशनसिप अफिसरमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

त्यस्तै बैंकले अन्य ब्रान्चहरुका लागि रिलेसनशिप अफिसर।म्यानेजर, ब्रान्च म्यानेजर, अपरेशन डिपार्टमेन्ट, म्यानेजमेन्ट ट्रेइनी र ट्रेइनी असिस्टेन्टमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले उक्त पदहरुका लागि दरखास्त दिन न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले माघ ६ गतेसम्म कम्पनीको वेबसाइट https://www.rollingnexus.com/srdbl मार्फत् आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*