नबिल र्बैंकको ३७औं साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा

२२ पुष २०७८, बिहीबार १२:१५

काठमाडौं । नबिल बैंक लिमिटेडले ३७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ९ गते बसेको संचालक समितिको बैठकले सभा पुष ३० गते शुक्रबार नबिल बैंकको केन्द्रिय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्ग, काठमाडौंमा बिहान ९ः३० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले शेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्तापूँजीको ३३.६० प्रतिशत बोनस शेयर र ४.४० प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै बोनस शेयर जारी गरी चुक्तापूँजी १८ अर्ब ४९ करोड र अधिकृत पूँजी बृद्धि गरी १९ अर्ब पुर्याउने सभाको विशेष प्रस्ताव रहेको छ ।
साथै सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७८ असार मसान्तसम्मको वित्तीय अवस्था तथा सोही मितिमा समाप्त आव २०७७।०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्नेछ ।
त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष १६ गते नै बुकक्लोज गरिसकेको छ । सो अनुसार बुकक्लोजको अघिल्लो दिन कायम शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*