गरिमा विकास बैंकद्धारा १६ प्रतिशत लाभांश प्रस्ताव

२२ पुष २०७८, बिहीबार ११:२६

काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी ३ अर्ब ९४ करोड रुपैयाँको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*