महालक्ष्मी विकास बैंकद्धारा बाँसगढी नगरपालिकालाई दश थान ट्री गार्ड सहयोग

२१ पुष २०७८, बुधबार १८:०५

काठमाडौं । महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई दश थान ट्री गार्ड सहयोग प्रदान गरेको छ। बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त नगरपालिकालाई सो मात्राको ट्री गार्ड दिएको हो ।

बैंकले बर्दिया स्थीत महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका लागि उक्त सहयोग गरेको हो । साथै, बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*