५ वर्ष निःशुल्क मोबाइल बैंकिङ र कार्ड सुविधा सहित सनराइज बैंकले ल्यायो नयाँ बचत खाता योजना

२१ पुष २०७८, बुधबार १७:१४

काठमाडौं । सनराइज बैैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्र्दै नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको बचत खातामा ग्राहकले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्नेछन् ।

उक्त बचत खातामा बैंकले ५ वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिनेछ । त्यस्तै, १ वर्षका लागि डिम्याट खाता र मेरो शेयरको निःशुल्क र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुटका साथै ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च, २० हजार रुपैयाँसम्मको ओपीडी खर्च बीमाका र ५ लाख रुपैयाँसम्मको दुर्घटनाको बीमा सुविधा पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*