नेप्सेमा गिरावट आउँदा हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै, आज सर्वाधिक कमाउने कम्पनी

२१ पुष २०७८, बुधबार १५:२१

काठमाडौं । पूँजी बजारमा सूचिकृत २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।

बुधबार नेप्से ३० अकले घटेर राताम्य हुदाँ मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमा भने सर्किट लागेको छ ।

त्यस्तै, छाङ्दी हाइड्रोपावरको ५.४९ प्रतिशत, तेह्रथुम पावरको ५.४० प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ४.०६ प्रतिशत, बिशाल बजारको ४.०४ प्रतिशत, मैलुङ खोला जदविद्युतको ३.९७ प्रतिशत, यूनाइटेड आइडिआइ र्माेदी आरबि हाइड्रोपावरको ३.०४ प्रतिशत र समृद्धि फाइनान्सको ३ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*