गायन क्षेत्रबाट बीमा अभिकर्ता बनेकी मञ्जु आचार्य तीन महिनामा बनिन् सिनियर एजेन्सी म्यानेजर

रिना खत्री
२१ पुष २०७८, बुधबार १५:४०

काठमाडौं । पाल्पामा जन्मेकी मञ्जु आचार्य सानैदेखि जे बोल्छिन्, त्यो गरेरै देखाउने गर्दथिन् । जीवनमा गायक बन्ने धोको राखेकी मञ्जुले साच्चै सफल गायिका बनेर गाउँ, समाज अनि देशमा मात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुका बीचमा आफ्नो परिचय बनाइसकेकी छिन् । सुरिलो स्वरकी धनी मञ्जु पढ्न निकै तीक्ष्ण थिईन् । त्यही तीक्ष्णता गायन क्षेत्रमा पनि मेहनत गरेर प्राप्त गरेकी थिईन् ।गायन क्षेत्रबाट प्राप्त आम्दानीले मात्रै पर्याप्त नहुने भएपनि जीवन सारा महत्वाकांक्षा पूरा गर्ने एउटा नयाँ व्यवसायको खोजीमा थिईन् ।

यसैक्रममा आइएमई लाइफको जीवन बीमा अभिकर्ता बन्ने अवसर जुर्यो । सुमधुर स्वरकी धनी, सांगितिक दुनियाँमा रमाइरहेकी मञ्जुका लागि संघर्ष, मेहनत र पौरख राम्रोसँग थाहा थियो । त्यसैले जीवन बीमा क्षेत्रमा जोडिएपछि बाल्यकालदेखिको त्यो दृढता, तीक्ष्णता फेरि परिक्षण हुने भयो । नभन्दै उनले छोटो अवधीमा नै प्रोफेशन बीमा अभिकर्ताहरुले निकै कडा मेहनत र परिश्रमबाट मात्रै पाउने सिनियर एजेनसी बन्न सफल भएकी छिन्, त्यो पनि बीमा क्षेत्रमा प्रवेश गरेको तीन महिनामा ।

हुन त उनले त्यो लक्ष्य एक प्रयत्नमा प्राप्त गरेकी होइनन् । सामूहिक नेतृत्व, समन्वयकारी टिमवर्कका कारण आफूले ऐतिहासिक लक्ष्य भेट्टाउन सफल भएको उनी बताउँछिन् ।

उनका जीवनमा अनेकौं सपनाहरु थिए । ति सपनाहरु पुरा गर्न गायन पेशाबाटै सम्भव थिएन । करिब एक दर्जन लोकगीतको एल्बम निकालिसकेकी र विभिन्न संघसंस्थाहरुमा काम गरिसकेकी मञ्जु आचार्य पेशा नै छोडेर बीमा क्षेत्रमा होमिएकी थिईनन् । अझै पनि आफूले अंगालेको पेशा अंगाल्दै फुर्सद निकालेर बीमा व्यवसाय गर्दै आएको बताउँछिन् । गायनसँगै विभिन्न संघसंस्थामा पनि आवद्ध भएर काम मञ्जु आचार्यलाई अभिकर्ता पेशाले लोभ्याएको स्वीकार गर्छिन् ।

करिब आधा दर्जन भन्दा बढी एल्बममा काम गरिसकेकी मञ्जुलाई अभिकर्ता पेशा बिल्कुलै फरक पेशा थियो । माईतीको सम्झना, मेरो हजुर, हाई भनी बोलाँउदा, मुटु जस्ता आधा दर्जन म्युजिक भिडियो सार्वजनिक गरिसकेकी उनलाई आजभोलि बीमा व्यवसायमा रमाउँदैछिन् ।

सुरुमा त उनले बीमा व्यवसायमा लागेर धेरै आम्दानी हुन्छ भनेर पत्याएकी थिईनन् । तर, अहिले उनी आफूमात्र नभई अरुलाई पनि यो पेशामा लाग्न पे्ररित गछिन्, आजभोलि । समाजमा आफूलाई हेर्ने दुष्टिकोणमा फरक पाएको कुरा बताउँछिन् उनी ।

बीमा पेशा निकै गौरवान्वित भएको बताउँदै पार्टटाइम पेशाको रुपमा पनि स्वतन्त्र रुपमा काम गर्न पाउने सेवामूलक पेशा भएकोले यस क्षेत्रमा लागेको उनी बताउँछिन् । बीमा पेशामा लागेर छुटै परिचय समेत बनाएको खुशी व्यक्त्त गछिन्, उनी ।

आफूले बीमा गरेपछि बल्ल जीवन बीमा र बचत अनि जोखिमको बारेमा बुझेका बताउने मञ्जु ‘बीमा आफूले मात्र गरेर हुँदैन, सबैमा बीमाको जरुरी छ भनेर यस पेशामा लागेकी हुँ । निरन्तर रुपमा नै यो पेशामा लाग्ने योजना छ मेरो’ उनी भन्छिन् ।

बीमा अभिकर्ताहरु शहर केन्द्रित मात्रै हुनुहुँदैन भन्ने धारणा राख्छिन् गायिका मञ्जु आचार्य । आचार्य बीमा प्रस्ताव लिएर सुगम बस्ती मात्र हैन दुर्गम वस्तीका नागरिक सामु पनि पुग्छिन् । अभिकर्ता पेशा सामाजिक पेशा तथा सर्वोत्कृष्ट पेशा हो । अभिकर्ता पेशा यस्तो पेशा हो, जहाँ लागेपछि सबै कुरा पाईन्छ । आर्थिक रुपमा सक्षम हुनुका साथै इज्जत, मान, प्रतिष्ठा, पब्लिक रिलेशनलगायत समाजमा सामाजिक कार्य गर्न पाईन्छ, आचार्यले भनिन् ।’

आचार्य भन्छिन्, ‘थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने पेशा बीमा अभिकर्ता पेशा हो । जम्मा एक हजार ५० रुपैयाँ तिरेर अभिकर्ताको लाइसेन्स लिएपछि आफुले सकेजति आम्दानी गर्न सकिने पेशा भएकोले बेरोजगारहरुले एक पटक प्रयास गर्नुपर्ने पेशा भएको उनको सुझाव छ ।’ बीमाको दायरामा नसमेटिएका नागरिकहरुलाई बीमाको दायरामा ल्याउन पाउँदा खुसी मिल्छ । आत्मसन्तुष्टी मिल्छ । यो सबै हिसाबले जीवन बीमा अभिकर्ता पेशा सामाजिक पेशा पनि हो ।

सुरुमा त अभिकर्ता पेशामा लाग्दाको अनुभव सुनाँउछिन् उनी । बीमितसमक्ष गएर आत्मविश्वासका साथ बोल्नु नै चुनौतीपूर्ण थियो, मेरो लागि उनी भन्छिन् । आफूले बिक्री गर्न लागेको बीमा पोलिसीमा आफै आत्मविश्वासका साथ भन्न नपाँउदाको क्षण अझै पनि स्मरण गछिन्, उनी ।

धैर्यता र आत्मविश्वालाई साथमा लिएर हिँड्ने जो कोही पनि अभिकर्ता पेशामा सफल हुन सक्ने अनुभव उनीसँग छ । आफ्नो सफलताको पछाडि परिवारको सहयोगलाई सम्झदै उनले भनिन् ‘सायद मलाई मेरो परिवारले साथ र सहयोग नदिएको भए म यो अवस्थामा आउने थिईन होला ।’ नारीले केही गर्न सक्दैनन् भन्ने मान्यतालाई खण्डन गर्दै उनले भनिन्, ‘नेपाली समाजमा महिलालाई केही गर्न सक्दैनन् भन्छन् तर पुरुषलाई जस्तै हामीलाई पनि अवसर दिने हो भने देश परिवर्तन गर्न सक्छौँ ।’

मञ्जु भन्छिन्, ‘बीमा व्यवसायमा आवद्ध भएका अभिकर्ताहरुमा धैर्यता, ईमान्दारिता, बोलिमा मीठाषपन, समयको ख्याल गर्ने साथै काममा निरन्तरता दिनसक्ने क्षमता हुनुपर्दछ ।’ बीमा बजारमा बीमा अभिकर्ता भएर काम गर्न चाहनेलाई स्वागत गर्दै पूर्णरुपमा बीमा सम्बन्धी ज्ञान लिएर मात्र यो क्षेत्रमा आउन आग्रह गर्छिन मञ्जु ।

बीमा पेशालाई मर्यादित बनाउन बीमा समितिले बिशेष ध्यान दिनु जरुरी रहेको धारणा राख्छिन् उनी । बीमा समितिमा बार्षिक रुपमा लाइसेन्स लिनेको मात्र भिड बढ्ने तर नतिजा नदेखिने अवस्थाले बीमा क्षेत्रको समग्र विकास नहुनेतर्फ बीमा समितिले ध्यान दिनुपर्ने उनको धारणा छ । उनले भनने, ‘जबसम्म बीमा समितिले सक्रिय रुपमा काम नगर्ने अभिकर्तालाई काँटछाँट बीमा समितिले गर्दैैन । तबसम्म यो पेशालाई मर्यादित बनाउन सकिदैन ।’

अभिकर्ताहरुले आफ्नो कर्तव्य निर्वाह गरेमा यो पेशा सम्मानित तथा मर्यादित हुने उनले बताईन । अभिकर्ता पेशालाई मर्यादित र सम्मानित बनाउन बीमा कम्पनीहरु तथा बीमा समितिको पनि उत्तिकै भुमिका रहने उनको बुझाई छ । आत्मविश्वास, धैर्यता र निरन्तर रुपमा लागि पर्ने जो कोही पनि यस पेशामा सफल हुन सक्ने कुरामा उनको जोड छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*