बैंक अफ काठमाण्डूद्धारा बचत खाता र मुद्धती खाता सार्वजनिक

२१ पुष २०७८, बुधबार १३:२४

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ ।

बैंकले आफ्ना ग्राहकको समस्यालाई मध्यनजर गर्दै श्रम विदेशमा प्रतिफल स्वदेशमा भन्ने नारा सहित विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्धती खाता संचालनमा ल्याएको हो ।

यस मुद्धती खातामा खोल्दा ग्राहकहरुको ११.०५ प्रतिशत बार्षिक ब्याजदर र बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाइल बैकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट दिने भएको हो । विदेशमा बसि श्रम गरिरहेकोहरुको उक्त बचत तथा मुद्धती खाता यस बैंकमा खोल्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*