स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा.सुमित्रा मानन्धर चयन
२१ पुष २०७८, बुधबार १३:०४
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्ष चयन गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै अध्यक्ष चयन गरेको जनाएको हो ।
कम्पनीको पुष २० गते बसेको संचालक समितिको ३८१ औं बैठकले संचालक डा.सुमित्रा मानन्धर गुरुङलाई कम्पनीको अध्यक्षमा चयन गरेको हो ।