चारवटा बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२१ पुष २०७८, बुधबार १२:५२

काठमाडौं । पाँचवटा बैंकमा रोजगारीको अवसर खुलेको छ । एनआईसी एशिया, एनएमबी, ज्योति विकास र लुुम्बिनी विकास बैंकले आ–आफ्नो कार्यालयको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले चार्टर्ड अकाउन्टेन्ट (जुनियर अफिसर।सिनियर अफिसर) मा ५० जना कर्मचारी र सेमि क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (कन्ट्राक्चुअल स्टाफ)मा ५० जना गरी कुल सयजना कर्मचारी माग गरेको हो ।

बैंकले दुवै पदमा काठमाडौं भित्र र बाहिरका लागि रोजगारी खुलाएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले माघ ५ गतेसम्म कम्पनीको वेबसाइट https://www.nicasiabank.com/current-vacancies मार्फत आवेदन दिन सक्नेछन् ।

एनएमबी बैंक
एनएमबी बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । बैंकले बिजनेश इन्टिलेक्चुअल एनालिस्ट, सेक्युरिटी एनालिस्ट (जुनियर अफिसर)मा एक–एकजना कर्मचारी माग गरेको छ ।

त्यस्तै, आइटि डिपार्टमेन्ट।डिजिटल बैकिङअन्तर्गत ३ विभागमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिन माघ ६ गतेसम्म बैंकको वेबसाइट https://nmbbanknepal.com/current-vacancies मार्फत आवेदन दिन सकिनेछ ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले ब्रान्च म्यानेजरसहित ४ पदमा कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशबाट ब्रान्च म्यानेजर, अफिसर लेभलमा, असिस्टेन्ट ब्रान्च म्यानेजर, असिस्टेन्ट लेभलमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

सो पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले माघ ५ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत् आवेदन दिन सक्नेछन् ।

ज्योती विकास बैंक
ज्योती विकास बैंकले कम्पनी सचिव माग गरेको छ । बैंकले न्यूनतम स्नाकोत्तर तह उत्तीर्ण भएकाहरुलाई कम्पनी सचिवमा रोजगारी खुलाएको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले माघ ५ गतेसम्म कम्पनीको वेबसाइट https://merojob.com/employer/jyoti-bikash-bank/ मार्फत आवेदन दिन सक्नेछन् ।

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*