रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी

२१ पुष २०७८, बुधबार ११:५७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको दोलखा शाखाले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको हो । कम्पनीले भीमेश्वर नगरपालिका ६ सिमपानी निवासी तिर्थबहादुर खत्रीको मृत्यु दाबी भुक्तानी गरेको हो ।

भीमेश्वर नगरपालिका ६ सिमपानी चरिकोटमा रहेको मृतकको घरमा गई मृतककी श्रीमती शशिकला बुढाथोकीलाई २१ लाख ५० हजार रुपौयाँको चेक हस्तान्तरण गरिएको हो ।उक्त रकमको चेक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चरिकोट शाखाका शाखा प्रमुख लुइँटेल र सोही कम्पनीमा कार्यरत गरको होे ।

मृतक तिर्थ बहादुर खत्रीले २०७७ चैत्र २० गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोलखा शाखामा रिलायबल सुलभ जीवन बीमा गरेका थिए । बीमित खत्रीको केही महिना अघि मात्र उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*