सुन तोलामा ६ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

२१ पुष २०७८, बुधबार ११:५२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको सुन बुधबार भने तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*