नेप्सेमा पाँच कम्पनीको शेयरमूल्य समायोजन

२१ पुष २०७८, बुधबार ११:४०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ । जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, मल्टिपर्पस फाइनान्स, पोखरा फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो ।

जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज भएसँगै नेप्सेले अघिल्लो दिन कायम २९७९ रुपैयाँका आधारमा २३८३ रुपैयाँ २० पैसा समायोजन गरेको छ ।

त्यस्तै, कालिका लघुवित्तको अघिल्लो दिन कायम १३१५ रुपैयाँका आधारमा नेप्सेले १३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य ११६३ रुपैयाँ ७२ पैसा कायम गरेको छ ।

साथै मल्टिपर्पस फाइनान्सको १३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोजभएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । सो कम्पनीको अघिल्लो दिन कायम ४७१ रुपैयाँका आधारमा नेप्सेले ४१६.८१ पैसा कायम गरेको छ ।

यसैगरी पोखरा फाइनान्सको ८.७५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोजभएसँगै नेप्सेले अघिल्लो दिन कायम ४७६ रुपैयाँका आधारमा शेयरमूल्य ४४० रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

त्यस्तै, छ्याङदि हाइड्रोपावरको ३० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेसँगै अघिल्लो दिन कायम ४८५ रुपैयाँका आधारमा शेयरमूल्य ३९६ रुपैयाँ १५ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*