कालिका लघुवित्तद्धारा बोनसमा लाग्ने कर भुक्तानी गर्न आग्रह

२१ पुष २०७८, बुधबार ११:२५

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत बैशाख ७ गते नै पारित गरेको ९ दशमलव ७३ प्रतिशत बोनस शेयर वापतको कर रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई पुस १९ गतेदेखि सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरिसकेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको उक्त बोनस शेयर प्रयोजनका लागि लाग्ने कर वापतको रकम एकिकृत कारोबार पश्चात शेयर खरिद गरेका हरुको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

शेयरधनीहरुले बोनस शेयरको कर वापतको रकम एनएमबि बैंक लिमिटेडको वालिङ्ग शाखामा रहेको ०४५००२६६८३८०००१९ मा जम्मा गरिदिनका लागि आग्रह गरेको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*