नाडेप लघुवित्तको साधारण सभा माघ १४ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ १४ गतेका लागि बोलाएको छ । सभा धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट विहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांशसमेत वितरणयोग्य बनाउनेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको छ ।
साथै सभाले कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरु निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले १६ गतेदेखिनै बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।