सिटिजन लाइफका सञ्चालक पाण्डेको राजिनामा स्वीकृत

२१ पुष २०७८, बुधबार ११:१७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेले दिएको राजिनामा स्वीकृत भएको सो कम्पनीले जनाएको छ ।

१० दिनअघि राजिनामा दिएका पाण्डेको राजिनामा गत साता बसेको सञ्चालक समितिले स्वीकृत गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । पाण्डेले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक पदमा आवेदन दिन सिटिजन लाइफबाट राजिनामा दिएको जानकारी दिए ।

बीमा समितिले २०७५ सालमा जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार दुई वटा कम्पनीमा सञ्चालक बन्न नपाउने व्यवस्था अनुरुप नेपाल पुनर्बीमा कम्पनीमा आवेदन दिनु अघि सिटिजन लाइफबाट राजिनामा दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*