नयाँ बानेश्वरमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संचालन

२० पुष २०७८, मंगलवार १६:४८

काठमाडौं । लक्ष्मी बैंकको १० औं एक्स्टेन्सन काउण्टर काठमाडौंको नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषमा स्थापना भएको छ । बिस्तारित एक्स्टेन्सन काउण्टरले शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नोे ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकले लिएको छ ।

हाल देशभर बैकले ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर र १७१ एटीएम मार्फच बैंकिङ सुविधा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*