एनसेल प्रयोगकर्ताले एनआइसी एशिया बैंकमा पाउने भए यस्ता सुविधा

२० पुष २०७८, मंगलवार १६:२६

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मोबाइल बैकिङ्ग एप, आइसर्भ, वेबसाइट र इन्टरनेट बैकिङ्ग अब मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क रुपमा चलाउन सकिने सुविधा ल्याएको छ ।

बैंकले डिजिटल बैकिङ्गको प्रबर्द्धन गर्नका लागि मोबाइल बैकिङ्ग, आइसर्भ, वेबसाइट र इन्टरनेट बैकिङ्ग एनसेलमा निःशुल्क रुपमा चलाउन सकिने सुविधा ल्याएको हो । यससुविधा मार्फत बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी निःशुल्क विभिन्न सुविधाहरु लिन सक्नेछन् ।

यस निःशुल्क सुविधाको प्रयोग गरी निम्न सेवाहरु उपभोग गर्न सकिनेछ ।

एनआईसी एशिया मोबाइल बैकिङ्ग :अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्युआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोगेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नेछ ।

साथै, एनआईसी एशिया मोबाइल बैकिङ्ग मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयरमा आवेदन दिन सकिनेछ । बैंकको मोबाइल बैकिङ्ग प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधाको प्रयोग गर्न सक्नेछन् र एपमा रहेको ‘कस्टमर केयर’बाट ग्राहकहरूले आफ्ना समस्या यथासिघ्र समाधान तथा जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् ।

आईसर्भ ः https://iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाइ ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।

वेबसाइटhttps://www.nicasiabank.com/  बाट ग्राहकहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन् । जसमा अनलाइन खाता आवेदन, अनलाइन आइपीओ आवेदन, लोन बेनिफिट क्याल्कुलेटर, इएमआई क्याल्कुलेटरलगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।

इन्टरनेट बैंकिङ ः यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।

बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहरूको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहकहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क एनआईसी एशिया मो.बैकिङ्ग, आइसर्भ, वेबसाइट तथा इन्टरनेट बैकिङ्गप्रयोग सुविधा एनसेलका ग्राहकहरूलाई उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङ्गको प्रबद्र्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आइसर्भमार्फत अघि बढाईरहेको छ ।

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आइसर्भ प्लाटफर्मको विकास गरी एनआइसी एशिया मो. बैकिङ्ग तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।

बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*