कोरोना संक्रमण दिनप्रति दिन बढ्दै, थप ३९३ जनामा संक्रमण पुष्टि

२० पुष २०७८, मंगलवार १६:१६

काठमाडौं । कोरोना बाट संक्रमित हुने संख्या फेरी वृद्धि हुन थालेको छ । छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३७९ जना कोरोना संक्रमण थपिएका छन । नेपालमा भने सोमबार ३२६ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार भने ३९३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ७९४ पीसीआर परीक्षण गर्दा ३५५ जनामा र १ हजार ५३५ जनामा एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै, मंगलबार पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ९४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*