सानिमा बैंकको ११९ औं शाखा धादिङको मलेखुमा

२० पुष २०७८, मंगलवार १६:१६

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले धादिङको मलेखुमा ११९ औं शाखा कार्यालयको शुभारम्भ भएको हो ।
बिस्तारित शाखा कार्यालयको बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चालयले संयुक्त रुपमा उद्घाटन गरेको हो । उक्त शाखा कार्यालयबाट बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

थप एक शाखा कार्यालय बिस्तार गरेसँगै हाल देशभर ११९ वटा शाखा कार्यालय र ९७ वटा एटिएमबाट बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*