मंगलबार नेप्सेमा हरियाली छाउँदा डिबेञ्चरका इकाईधनीले सर्वाधिक गुमाए

२० पुष २०७८, मंगलवार १५:२९

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६३.०१ अकंले वृद्धि हुदाँ करिब ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँ माथिको कारोबार भएको हो ।

आज सर्वाधिक गुमाउने कम्पनीहरुमा कृषि विकास बैंकको ऋणपत्र रहेको छ । बैंकको डिबेञ्चरको आज १.९६ प्रतिशतले घट्न पुगेको हो ।

त्यस्तै, नबिल डिबेञ्चरको १.९१ प्रतिशत अंक, आइसिएफसि फाइनान्स डिबेञ्चरको १.८६ प्रतिशत अंक, नबिल बैंकको १.५८ प्रतिशत अंक र बोटलर्स नेपालको १.४३ प्रतिशत अंकले घट्न पुगेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*