चार कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२० पुष २०७८, मंगलवार १५:२४

काठमाडौं । मंगलबार नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच हुदाँ करिब ४ अर्ब ३२ करोड माथिको कारोबार भएको छ ।

आज नेप्सेमा ६३ अंकको बृद्धि भई हरियाली छाउँदा ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा श्री इन्भेष्टमेन्ट फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत र नेपाल एसबिआइ बैंक रहेका छन् ।

त्यस्तै, सिन्धु विकास बैंकको ९.४३ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८.५९ प्रतिशत र किसान लघुवित्तको ८.५७ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*