६३ अंकले बढ्यो नेप्से, विकास बैंकमा लगानीकर्ता झुम्मिदा ४ अर्बमाथिको कारोबार

२० पुष २०७८, मंगलवार १५:१९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा हरियाली छाएको छ । आइतबार र सोमबार बढेको नेप्से परिसूचक आज ६३.०१ अंक अर्थात् २.४१ प्रतिशतले बृद्धि भएर २६७९.९५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज २ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ ।
उत्पादन तथा प्रशोधन समूह र अन्य समूह आज घट्न पुगेको हो भने जीवन बीमा समूह र विकास बैंक समूहको उच्च अंकले बढेको छ ।
त्यस्तै, ४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । बैंककाो १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँको कारोबार भएको छ । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*