बैंक र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२० पुष २०७८, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँको कारोबार भएको छ ।

आज पनि शेयर बजारमा हरियाली छाएको छ । आइतबार र सोमबार बृद्धि भएको नेप्से आज ६३ अंकले बढ्न पुगेको छ । नेप्से परिसूचक २.४१ प्रतिशतले बढेर ४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । बैंककाो १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको १३ करोड ९ लाख, अपि पावर कम्पनीको ११ करोड ७ लाख, हिमालयन डिस्टिलरीको १० करोड ६० लाख र अपर तामाकोशीको १० करोड ३८ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*