दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित भोलि अन्तिम दिन

२० पुष २०७८, मंगलवार १३:५२

काठमाडौं । दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश पाउन भोलिसम्म शेयर कारोबार गरि नेप्सेमा कायम हुनुपर्नेछ ।

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनश शेयर र ० दशमलव ५३६३ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ५३६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिसौं वार्षिक साधारण सभा बिहान ११ बजे गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा बस्ने गरी आव्हान गरेको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २२ गते एक दिनको लागि बुक क्लोज गर्ने हुदाँ पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ७० प्रतिशत बोनश शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजन सहित कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले २७ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे फाइनान्सको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*