सुदूरपश्चिमका विभिन्न जिल्लामा नबिल बैंकको ‘उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न

२० पुष २०७८, मंगलवार १३:३१

काठमाडौं । नबिल बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउ“पालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साÔरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बझाङ जिल्लाको बित्थडचिर गाउ“पालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिका संग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । उक्त सम्झौतामार्फत गाउँपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम।तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम।तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको थियो सोहीअनुसार बैंकले दुई गाउँपालिकासँगैको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । अन्तरक्रिया दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।
साथै बैंकले बैतडीको पञ्चेश्वर गाउँपालिकामा ८ दिने तालिम कार्यक्रम समेत सम्पन्न गरेको छ ।

बैंकले बैतडी जिल्लाको पञ्चेश्वर गाउ“पालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ उद्यमशीलता कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिका बीच त्रिपक्षीय समझदारी भएको थियो ।

उक्त कार्यक्रमले स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याइ देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको छ ।

पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु पुष ११ देखि १८ सम्म संचालन भएको ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागि रहेको थिए । तालिममा ४०० जनाले आवेदन दिएका थिए ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*