रिलायन्स लाइफद्धारा ‘मेरो मुटु’ योजना अन्तर्गतको बीमा दाबी भुक्तानी

२० पुष २०७८, मंगलवार १२:२१

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ‘मेरो मुटु’ योजना अन्तर्गत बीमा गराएका बीमितको प्रस्तावकलाई चेक हस्तान्तरण गरेको छ । कम्पनीको चाबहिल शाखाले बीमितको प्रस्तावकलाई उक्त योजनाअन्तर्गत बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले नैंकापस्थित प्याराडाइस रिर्डस स्कुलमा एक कार्यक्रमकाबीच बीमित तिलकनारायण श्रेष्ठले पाउनुपर्ने रकम उनकी श्रीमती बिन्दु क्षेष्ठलाई चेक हस्तान्तरण गरेको हो ।

तिलकले छोरा बेनिन श्रेष्ठको उज्वल भविष्यको लागि कम्पनीमा मेरो मुटु योजना अन्र्तगत बीमा गरेका थिए । छोराको प्रस्तावक आफु रहने खण्डमा गराइएको बीमामा तिलकको निधन भएपश्चात बीमा वापतको रकम दिइएको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्समा मेरो मुटु योजना अन्तर्गत प्रस्तावक आफु रहेपछि आफ्नो मृत्यु पश्चात दुई पक्षलाई रकम पाउने योजना रहेको छ । सोहि योजना स्वरुप मृतककी श्रीमतीले आफ्नो छोराको तर्फबाट ४ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको र छोरो बिलेन श्रेष्ठलाई अबको १७ वर्षसम्म मासिक ४ हजार रुपैयाँको दरले वितरण गर्ने  कम्पनीको चाबहिल शाखाकी शाखा प्रमुख लक्ष्मी न्यौपानेले बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*