सुन तोलामा ९ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

२० पुष २०७८, मंगलवार १२:०९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार तोलामा ३ सय रुपैयाँले घटेको मंगलबार थप ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*