मनकामना स्मार्ट लघुवित्तद्धारा दुईजना संचालक चयन

२० पुष २०७८, मंगलवार १२:०४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले नयाँ दुई जना संचालक चयन गरेको हो ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी डोलाराम घिमिरे र सगुन शाक्यलाई संचालक समितिमा चयन गरेको हो ।

साथै कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा इन्द्रप्रसाद मैनाली चार्टर्ड एकाउन्टेन्ट्स (आइ.पी. मैनाली एण्ड एशोसियट्स)लाई नियुक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*