एफपिओ निष्काशनको प्रक्रियामा रहेको नयाँ सारथी लघुवित्तमा करोडौं घोटाला, शाखा प्रमुख पक्राउ

२० पुष २०७८, मंगलवार ११:४८

काठमाडौं । नेप्सेमा सूचिकृत भई शेयर कारोबार हुँदै आएको काभ्रेको धुलिखेलमा मुख्य कार्यालय रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थामा करोडौंको घोटाला भएको छ । सो घोटाला काण्डमा संलग्न तत्कालिन शाखा प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँ सारथी लघुवित्तको पर्सागढी नगरपालिका–३ बडनिहारस्थित शाखामा आर्थिक अनियमितता तथ्य बाहिरिएको हो । सो शाखा घाटामा रहेको तथ्य बाहिरिएपछि केन्द्रीय कार्यालयले अनुसन्धान सुरु गर्दा शाखामा रहेका ४०० सदस्य मध्ये ३०८ जना सदस्यको नाममा फर्जी ऋण प्रवाह गरी घोटाला गरिएको प्रहरीले जनाएको छ ।

उक्त घोटाला काण्डमा सो शाखाका शाखा प्रबन्धक भोजेन्द्र कुमार ठाकुर लगायतका कर्मचारीहरुको संलग्नता रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले तत्कालिन शाखा प्रमुख ठाकुरलाई बैंकिङ ठगी कसुरमा लोहारलाई रौतहटको चन्द्रपुरस्थित उनको घरबाट नै पक्राउ गरी ६० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

ठाकुरले आफु शाखा प्रमुख हुँदा सो शाखाका ४ सय सदस्यमध्ये ३०८ जना र खाता बन्द भइसकेका सदस्यको नाममा पनि फर्जी रकम ऋण प्रवाह गरेको देखिएको हो ।

नयाँ सारथी लघुवित्तले एफपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले भदौं ९ गते तीन लाख २९ हजार ६४९ कित्ता एफपिओ निष्काशनको लागि आवेदन दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*