कालिका लघुवित्तसहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२० पुष २०७८, मंगलवार ११:१३

काठमाडौं । ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कालिका लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि ४ ओटै कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएकाले पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत हुन आउने ३ करोड ५९ लाख ९४ हजार ५१६ रुपैयाँ बराबरको ३ लाख ५९ हजार ९४५ कित्ता बोनश जारी गर्न प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा पुस ३० गतेका बिहान ९ बजे होटल टास्क इन्टरनेशनल प्रा.लि को सभाहल पोखरा महानगरपालिका १० बुद्धचोक कास्कीमा बस्ने गरी आव्हान गरेको छ ।

पोखरा फाइनान्स
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ दशमलव ०७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते बिहान ९ बजे दरबारथोक ब्याक्वेंट बास्तोलाथर पोखरा ९ कास्कीमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते न्यू ईरा बुटवल उप महानगरपालिका ९ कालिकापथमा बिहान ११ बजे बस्ने गरी बार्षिक साधारण सभा आव्हान गरेको छ ।

मल्टीपर्पस फाइनान्स
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते दिउँसो १ बजे सप्तरीको राजविराजस्थित कम्पनीको केन्द्रिय कार्यालयमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*