बीमा समितिका अध्यक्ष सिलवालले सिईओहरुलाई भने, ‘टाईसुट लगाएर गुण्डागर्दी भयो’

२० पुष २०७८, मंगलवार ०८:१६

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओहरुलाई बीमा समितिमा बोलाएर भक्कुमार गाली गरेको खुलेको छ ।

दुई साता अघि बीमा समितिमा सबै बीमा कम्पनीका सिईओहरुलाई बोलाएर अध्यक्ष सूर्य प्रसाद सिलवालले टाइसुट लगाएर गुण्डागर्दी गर्र्ने गरेको आरोप लगाएको खुलेको छ । बीमा समितिले मंसिर ९ गते जारी गरेको पुनर्बीमा निर्देशन सम्बन्धमा बीमा कम्पनीका सिईओहरु धेरै जान्ने भएको भन्दै बेस्सरी गाली गरेको खुलेको ेहो । स्रोतले अध्यक्ष सिलवालले भनेको कुरा उध्रित गर्दै भन्यो,‘तपाईहरु टाईसुट लगाएको गुण्डा जस्तो देखिनु भयो । बीमा समितिले गरेको निर्र्णयका विरुद्धमा मिडियालाई उचालेर असहयोग गर्नुभयो ।’

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यसरी एकनासले गाली गरिरहँदा बीमा कम्पनीका सिईओहरु चुपचाप सुनिरहेको र कुनै प्रतिक्रिया नदिई फर्केको पीडित एक सिईओले बताए । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीका सिईओहरुलाई व्यक्तिगत तहमै उत्रिएर गाली गलौज गर्दा समेत सिईओहरु केही बोल्न नसकी निरिह बनेका थिए ।

बीमा समितिले मंसिर ९ गते जारी गरेको पुनर्बीमा निर्देशन कार्यान्वयनमा मिडियाबाट भइरहेको असहयोगमा बीमा कम्पनीकै सिइओहरुले भूमिका खेलेको आरोप अध्यक्ष सिलवालले लगाएका थिए । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिँदा तीन अर्ब घुस सेटिङ गरेको आरोप लागेको अध्यक्ष सूर्य सिलवालले सञ्चालक समितिको बैठकमा कीर्ते गरेर मंसिर ९ गते दोस्रो पटक हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई सात अर्बको व्यवसाय सुनिश्चित गरिदिने निर्णय गरेका थिए । सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर छानविन भइरहेको छ ।

फाइल तस्विर

One thought on “बीमा समितिका अध्यक्ष सिलवालले सिईओहरुलाई भने, ‘टाईसुट लगाएर गुण्डागर्दी भयो’

  1. Ram karki says:

    अपराधि ले पनि निश्चित समय पछि न्याय पाउछ!तर नेपाल मा इन्स्योरेन्स गर्नुस दाबीको दायित्व पर्यो भने तपाईको सम्पत्ति त सिदिन्छ नै,ज्यान लिने धम्की समेत दिन्छ,तेस्को अनुभव लिन परे म सङ सम्पर्क गर्नुस, नभए सगरमाथा इन्स्योरेन्स को CEO चंकी छेत्री लाई सोधनुस,मेरो अनुभव मा बरु अपराध गर्नुस इन्स्योरेन्स नगर्नुस!!बल्ल समिती ले पनि बुजेछ!

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*