भगवती हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल

१९ पुष २०७८, सोमबार १७:३४

काठमाडौं ।  भगवती हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १४ करोड ३० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका कुल १४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । जसमध्ये कम्पनीले ५ लाख ७२ हजार ६४ हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि र बाँकी रहेको ८ लाख ५८ हजार ९८ कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन हुनेछ ।
कम्पनीले बोर्डमा आवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*