एचडिएलसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१९ पुष २०७८, सोमबार १५:१३

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्सेमा हरियाली छाएको छ । आइतबार ६० अंकले बढेको नेप्से परिसूचक आज ३२ दशमलव शुुन्य ३ अंकले बढ्न पुुगेको छ ।

नेप्सेमा सूचिकृत २३० कम्पनीको ८२ लाख छ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँको कारोबार भएको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को सुरुवात भएसँगै शेयरबजारमा हरियाली छाएको छ ।

४ अर्ब माथिको कारोबार हुँदा आज सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज एकैदिन २८ करोड ४४ लाख ७० हजार ५७० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको १८ करोड २९ लाख, शिवम् सिमेन्ट्सको १६ करोड २६ लाख, नबिल बैंकको १४ करोड ९३ लाख र नेपाल बंगलादेश बैंकको १२ करोड ४८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*